• २०८२ बैशाख ४ गते बिहिवार

बारपाकमा पहिरोले आंतक

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५ , गोरखा । बुधवार राति भएको बर्षासँगै आएको पहिरोले बारपाक सुलिकोट गाउँपालिका-२ रुतुकमा एक घर बगाएको छ । वर्षासँगै राति पहिरो खसेपछि ११ घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

पहिरोले स्थानीय देव गुरुङको पसल भएको घर बगाउँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।‘सडकमा नाला बनाउने काम अलपत्र छाडिएको र माटोले नाला थुनिएपछि गाउँमा भल पसेर पहिरो गएको हो । गाउँमा भल पस्न थालेपछि पहिरो को डरले स्थानीयले राति नै गाउँ छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस