• २०८२ बैशाख १६ गते मङ्गलवार

बालाजु औधोगिक क्षेत्रमा आगलागी, लाखौंको क्षती

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । बालाजु औधोगिक क्षेत्रमा रहेको फोर्स गाडीको कम्पनीमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।

बालाजु औधोगिक क्षेत्रमा रहेको फोर्स गाडीको कम्पनीमा बिहानको ११:४० मा आगोलागी सुरु भएपनि नेपाल प्रहरी, शशस्त्र प्रहरी र ३ वटा दमकलको सहायताले तुरुन्त आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीमा फोर्स कम्पनीका नया ४ वटा गाडी र बनाउन ल्याएको एक एम्बुलेन्स पुर्ण क्षती भएको छ ।

आगलागीको पुर्ण क्षतीको विवरण आउन भने बाकी रहेको महानगरिय प्रहरी वृत बालाजुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस