• २०८१ जेष्ठ १४ गते सोमवार

”मारुनी” टिम प्रेस भेटघाट र कन्सर्ट गर्दै देश दौडहामा

पढ्न लाग्ने समय : ३ मिनेट
  • बिनोद दर्नाल, सुनसरी समाचारदाता

भदौ ५, सुनसरी । नारीप्रधान चलचित्र बनाउन माहिर अत्यन्तै कुशल निर्देशक नवल नेपाल ले निर्देशन गरेको चलचित्र ”मारुनी” को टिम प्रोमोसन को लागि देश भरका ७ ओटै प्रदेश को दौडाह मा रहेको छ ।

भाद्र १३ गते का लागि रिलिज मिती तोकिएको नेपाली चलचित्र ”मारुनी” यतिबेला प्रचारप्रसार को क्रममा देश दौडाह मा छ । प्रचार प्रसार को क्रममा फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट सहित प्रेस भेटघाट गर्ने योजना अनुरुप बुधवारबाट सो कार्यसुरु गरेको हो । बुधवार फिल्म युनिट ले बिधिवत प्रचारप्रसार को सुरुवात प्रदेश एक को इटहरी बाट सुरुवात गरेको छ । बुधवार प्रचार प्रसारको क्रममा इटहरीको ईटहरी सेन्टर प्लाजा सिनेफ्लिक्समा पत्रकार भेटघाट गरेको थियो ।

गज्जव को कुर के पनि रह्यो भने उक्त कार्यक्रममा धरानका एक पत्रकार सुमित कार्की भाद्र ६ गते रिलिज हुने फिल्म ”जाइरा” को टि सर्ट लगाएर पुग्दा नायक पुष्प खड्का ले प्रश्न नै गर्न भ्याएका थिए भने सबैको ध्यान ”जाइरा” को टि सर्ट एक छिन् केन्द्रित भएको थियो । पत्रकार भेट्घाटमा फिल्म सम्बन्धी जिज्ञासा राख्ने क्रममा एक पत्रकारले निर्मात्री पुनम गौतमलाई फिल्म को लगानी सम्बन्धी जिज्ञासा राख्दा आफुलाई थाहा नभएको भर्खर लगानी सुरु भएको बताउदै जिज्ञासा नमेट्दा पत्रकारमा एकछिन मौनता छाएको थियो । यस्तै सहभागि पत्रकारहरुले निर्देशक नवल नेपाललाई पनि फिल्म सम्बन्धी धेरै प्रश्न जिज्ञासाहरु राख्दा नेपाल फिल्मको बारेमा खासै खुल्न चाहेनन । केही जिज्ञासा हरु मेट्ने प्रयास गर्दै नेपालले फिल्म हेरेपछी थाहा हुने बताए । धरान र इटहरी का पत्रकार हरुको बाक्लो उपस्थिती रहेको प्रेस भेटघाट निकै ताम्झाम का साथ आयोजना गरिएको थियो । 

नारी प्रधान चलचित्र बनाउन माहिर निर्देशक नेपाल को फिल्म ”मारुनी” पनि नारी प्रधान चलचित्र हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । पत्रकार सम्मेलन मा बोल्दै निर्देशक नेपालले यो नाम हाम्रो आफ्नो काल्पनिक नाम भन्दै , मारुनी नामसँग फिल्मको कुनै सम्बन्ध नरहेको दाबी गर्दै त्रिकोणात्मक प्रेम कथामा आधरित फिल्म रहेको उनको जिकिर रहेको छ । प्रेस भेटघाट मा बोल्दै फिल्म कि नायिका साम्राज्ञि राज्यलक्ष्मी शाहले यो फिल्म आफुले अभिनय गरेको अरु फिल्म भन्दा बिल्कुलै फरक रहेको बताउदै फिल्मसँग आफु आशावादी रहेको बताउदै गर्दा फिल्मका नायक पुष्प खड्का भने आफ्नो मेहनतमा विश्वाश रहेको भन्दै फिल्म हिट हुनेमा दुई मत नभएको बताएका छन । बुधवार नै प्रचार प्रसार को क्रम मा टिम ले इटहरी कोईटहरी सेन्टर प्लाजा सिनेफ्लिक्स पुनम अगाडि साझा ५ बजे कन्सर्ट समेत गरेको थियो । कन्सर्ट मा नायिका साम्राज्ञी र नायक पुष्प खड्काले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्ण काफ्ले र स्थानीय ‘डायानामिक’ ब्याण्डले पनि विशेष प्रस्तुति दिएका थिए ।

इटहरीपछि फिल्म निर्माण युनिट नायिका र नायकसहित प्रचारका लागि भदौ ५ गते चितवन, ६ गते पोखरा, ७ गते बुटवल र ८ गते नेपालगन्जमा पुगेर जनचेतनामूलक कार्यक्रमसहित आफ्नो प्रस्तुति दिने भएकोछ । त्रिकोणात्मक प्रेम कथामा आधरित फिल्म ”मारुनी” भाद्र १३ मा देशभर एक साथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस