- सागर थापा
भदौ ५, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले गैर कानूनी रुपमा रकम संकलन गर्ने छ जनालाई पक्राउ गरेको छ । घोराही होलेरी सडक खण्डको सेवार बगाले क्षेत्रमा रकम संकलन गर्ने ६ जनालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
रोल्पा रुकुम ट्रक तथा मीनी ट्रक यातायात प्रालिको नाममा गैर कानूनी रुपमा रकम असुल्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहका अनुसार प्रालिको नाममा बोर्ड स्थापना गरी विभिन्न सवारीका साधनबाट रकम असुलेको गुनासो आए पछी उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ प्रहरीका अनुसार घोराही १५ का चन्द्र खड्का, नरेश घर्ती, घोराही १४ का पृथ्वी वली, खिमबहादुर पुन, रामचन्द्र वली र घोराही १३ का नन्दबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले जानकारी दिनुभएको छ । पक्राउ परेका छ जनाका बिरुद्ध मुलकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २१ को दफा २५३ अनुसार कारबाही प्रक्रिया सुरु गरिएको एसपी पान्डेले बताए ।