जोरपाटी–साँखु सडक अनुगमनमा संसदीय समिति

सडक विस्तारका लागि म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाए पनि कामले गति लिन सकेको छैन । सरकारले चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना सार्वजनिक गरेको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । ११.४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडकको विस्तार गरिरहेका छन् ।
सडक निर्माणमा विलम्ब भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले गति लिन सकेको छैन । यो समाचार आजको कारोवार दैनिकको प्रथम पृष्ठमा रहेको छ ।