• २०८२ बैशाख १७ गते बुधवार

यी राशि हुनेको आज भाग्य चम्किँदै ! हेर्नुहोस् आजको राशिफल

पढ्न लाग्ने समय : ५ मिनेट

आज वि.सं. २०७६ साल भदौ ०५ गते बिहीबार, तदनुसार ई.सं. २०१९ अगस्ट २२ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पेसा वा नोकरीमा असन्तुष्टि बढ्न सक्छ । कृषिक्षेत्र र श्रममूलक व्यवसायबाट सोचेजस्तो फाइदा लिन सकिने छैन । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । दीर्घकालिक काम गर्ने सोच बनाउनु भएको छ भने आज स्थगित राख्नु राम्रो हुन्छ । छिटो समाप्त हुने कामबाट राम्रै फाइदा लिन सकिन्छ । शरीरमा आलस्यता छाउनेछ । त्यसैले आत्मबल बढाएर काम गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खर्चमा नियन्त्रण गर्नुहोला । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सचेत रहनुहोला । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज स्वास्थ्य सबल छ । पढाइमा प्रगति हुनेछ । शत्रु आफैं पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रशस्त आम्दानी हुनेछ, यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै पाखुरी र बुद्धि खियाएर गरेका जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ । टाढाको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या हुनसक्छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा आलस्यले डेरा जमाउने समय छ । नियमित खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमी प्रेमिका वा पतिपत्नीका बीचमा चिसोपन आउन नदिनु राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रिसराग, आवेग र क्रोधलाई त्यागेर अघि बढ्नु राम्रो हुन्छ ।आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना उत्पन्न हुनसक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ ।स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । आज मुखलाई नियन्त्रण गरेको जाति हुन्छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ ।

प्रतिक्रिया दिनुहोस