• २०८२ जेष्ठ २ गते बिहिवार

रुपन्देहीका प्रहरी सहायक निरीक्षक घुस रकम सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, रुपन्देही । प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस मागगरी पटक पटक दुख हैरानी दिई व्यवसायमा कठिनाई पुर्‌याएको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.३,५००।–घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई रूपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ स्थित रेष्टुरेन्टबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकाारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस