साउन ६, काठमाडौं । प्रिसिजनको मैत्रीपूर्ण अभ्यास खेलमा इङ्लिस क्लब लिभरपुललाई स्पेनिस क्लब सेभिल्लाको नमिठो झट्का लागेको छ । सोमबार बिहान भएको खेलमा युरोपेली च्याम्पियन्स लिग विजेता लिभरपुल सेभिल्लासँग २–१ गोलले पराजित भयो । लिभरपुललाई हराउन सेभिल्लाका नोलिटो र अलेजेन्ड्रो पोजोले गोल गरे । लिभरपुलका डिभोक ओरिगीले एक गोल गरेका थिए ।
सेभिल्लाले ३७औं मिनेटमा नोलिटोको गोलमा खाता खोलेको थियो । रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै नोलिटोले सेभिल्लाको उत्साह बढाए । सेभिल्लाको अग्रतापछि आक्रामक देखिएको लिभरपुलले ४४औं मिनेटमा बराबरी गोल फर्कायो । एलेक्जेन्डर आर्नोल्डले पोस्ट नजिक मिलाईदिएको पासमा ओरिगीले गोल गरेका थिए ।
सेभिल्ला ७६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । लिभरपुलका लारोचीलाई फल हानेपछि जोरिस गनागनोन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि सेभिल्लाले खेलको अन्तिममा निर्णायक गोल गार्यो । सेभिल्लाका लागि पोजोले ९०औं मिनेटमा गोल गरेका थिए । १० खेलाडीविरुद्ध थप गोल फर्काउन नसकेपछि लिभरपुल हार खेप्न बाध्य बन्यो ।