• २०८१ पुष २९ गते सोमवार

महोत्तरीमा सडक दुर्घटना: एक वर्षमा ४६ जनाको ज्यान गयो

पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, महोत्तरी । बर्दिबास– महोत्तरीमा १ वर्षमा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका छन् ।  जसमध्ये २७ पुरुष, १० महिला र ९ बालबालिका रहेका छन् । आव २०७५/०७६ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ७२ जना गम्भिर  घाइते भएका छन् भने  ३१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याँकमा छ ।

सबैभन्दा बढि दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, भ्यान, माइक्रोबस, ट्याक्टर, ट्रक र सबभन्दा कम दुर्घटना हुनेमा टेम्पो रहेको छ ।   दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ५० जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस