साउन ६, काठमाडौं । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।