साउन ६, दैलेख । जिल्लाको महाबु गाउँपालिकाले उपभोक्तालाई बिना रकमको चेक दिएको छ । आर्थिक वर्ष ०७५/०७६ मा काम सम्पन्न गरेका उपभोक्ताले बैंकमा चेक साट्न जाँदा खाली हात फर्किनु परेको हो । गाउँपालिकाले सम्बन्धित शिर्षकमा छुट्याएको रकमबारे जाँचबुझ नगरि हचुवाको भरमा चेक काट्नाले यस्तो उपभोक्ता मारमा परेका हुन् ।
भगवती आधारभुत विद्यालयको भवन निर्माणका लागि कूल १६ लाख रकममा विनियोजन गरिएको थियो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको उक्त समितिको अध्यक्षमा स्थानीय प्रेम मल्ल रहेका थिए । भवन निर्माणकौ काम सुरुभएसँगै उक्त समितिले ५ लाख पेश्की लिएको बताइएको छ । समितिका अध्यक्ष मल्लले दिएको जानकारी अनुसार गाउँपालिकाबाट उक्त कार्यको अनुगमन भई योजना पास भइसकेको बताए । काम सम्पन्न भइसकेपछि रकम बुझ्न राष्ट्रिय वाणिज्य बैंक जिल्ला सदरमुकाम दैलेख बजार पुगेका उपभोक्तालाई बैंकले गाउँपालिकाको खातामा रकम नभएको बताएपछि उनिहरु थप आक्रोशित बनेका छन् ।
यतिमात्र होइन, गाउँपालिकाको वडा नम्बर ३ बाँसीमा निर्माण सम्पन्न भएको खालीखोला खानेपानी उपभोक्ता समितिले पनि रकम भुक्तानी पाएको छैन । उक्त कार्यका २ लाख रकममा सम्पन्न भएको हो ।
यस्तै वडा नम्बर ३ को वडाकार्यालय घेरबारको लागि रु २ लाखमा काम सम्पन्न भएको उक्त उपभोक्ता समितिको पिडा उस्तै हो । ‘योजना पास भएको हो, गर्नुपर्ने सबैकाम सम्पन्न भएको छ, ।’ उनले भने्, ‘असारमसान्त अगावै लिनुपर्ने भुक्तानी भोली–भोली भन्दाभन्दै आजसम्म पु¥याइयो तरपनि खातामा पैसा छैन भनेर बैंकले फिर्ता ग¥यो ।’
यता गाउँपालिकाका लेखापाल चन्द्रबहादुर मल्लले बजेट योजनामा छुट्याएअनुसारको भुक्तानी दिने नभई समग्र पुँजीगत खर्चबाट दिने गरेको भन्दै पहिला योजना सम्पन्न गर्ने उपभोक्ताको भुक्तानी दिएकोले बजेट अपुग भएको बताए । उनले भने, ‘हामीले योजना सम्झौता हुने वित्तिकै खातामा पैसा जम्मा गरि होल्डमा राख्दैनौं जसले योजना सम्पन्न गरे उनिहरुले भुक्तानी लिन्छन् ।’
लेखापाल मल्ले गाउँपालिकाको बैंकिङ्ग स्टमेट हेरेर गाउँपालिकाको स्रोत कति थियो, योजना कति सम्पन्न भए भन्ने कुरालाई मध्यनजर गरि खातामा बचेको रकम अनुसार भुक्तानी दिने बताए । गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले यसबारे छानविन गरि रकम अपुग भएमा थप बेवस्ता गरिने बताए ।