• २०८१ चैत्र ३ गते सोमवार

दाङमा हिलोको दलदलमा फस्दा दुई दिदी बहिनीसहित फूपुको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 साउन ६,दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरको पैतीखोलास्थित हिलोको दलदलमा फसेर तीन जनाको ज्यान गएको छ ।

आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएको समयमा दलदलमा फसेर दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेमा १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका छन् । एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्।

सुरुमा एक जना किशोरी हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई जनाको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस