• २०८१ फाल्गुन ७ गते बुधवार

सिप भए महिला बिबेध हट्छ : उपाध्यक्ष ढकाल

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल

असार ७,इलाम । महिलाहरुमा सिप भएर आफै आयआर्जन गर्न सक्ने भएमा समाजमा रहेको लैङ्गिग बिभेद अन्त भएर जाने नेपाल कृषि सहकारी संघका केन्द्रिय उपाध्यक्ष मिना ढकालले बताइन् ।

कानुनले महिला र पुरुषबिचको बिभेद नराखेको भएपनि ब्यबहारिक रुपमा त्यो स्थापित हुन नसकेकोले महिलाहरुमा सिप भए आय आर्जन गरेर आफ्नै भरमा उभिन सक्ने भएमा परिवारमा महिला र पुरुष बिचको भेदभाव स्वत अन्त हुने उनको भनाइ रहेको छ । उक्त कुरा उपाध्यक्ष ढकालले इलामको रोङ गाउपालिका वडा नं ६ मा साना किसान सहकारी प्रर्वदन कार्यक्रममा बताएकी हुन् । सोही कार्यक्रममा वोल्दै बिशेष अतिथि रोङ गाउपालिकाको प्रवक्त समेत रहेका वडा नं ६ का अध्यक्ष मनि कुमार तामाङ्गले भौतिक बिकास सगै चेतनाको बिकास गर्ने र उत्पादन बढाएर आर्थिक जीवन उकास्न सके बास्तकि समृद्धि आउन सक्ने भएकोले सहकारीको माध्यमबाट यो संभव भएको बताए ।

किसानहरु असंगठित भएको कारण बिचौलिया र दलालहरुको बिगबिगी बढिरहेकोबेलामा रोङ गाउपालिका वडा नं ६ ले किसानहरुलाइ संगठित गर्दै साना किसान सहकारी संस्थामा आवद्ध गराएर छरिएर रहेका पुजीलाइ संकलन गरि सिप प्रदान गरेर उत्पादन बढाउने र उत्पादित सामाग्रीको बजारीकरण गर्दै नागरिकहरुको आर्थिक उननती गराउन नेपालकै लोकप्रिय र उतकृष्ट ठहरीएको महारानी झोडा साना किसान सहकारी संस्थाको सहयोगमा सहकारी प्रर्बधन कार्यक्रम संचालन गर्दै आएको छ ।

समाजमा बितिय संस्थाहरुले गरेको लगानी बिना उदेश्य रहेकोले यसको नकरात्मक प्रभाव देखिन थालेको समयमा आफ्नै पुजी र सिपले किसानहरुलाइ स्वरोजगार बनाउने र आफ्नो संस्थाको बास्तबिक मालिक आफै हुने लक्ष्यका साथ किसान आवद्धता कार्यक्रम थालिएको हो ।साना किसान सहकारी संस्था जिर्मलेलाइ प्रबर्धन गर्न साना किसान महारानी झोडा सहकारी संस्थाले गत माग देखी कार्य गरिरहेको छ ।

पहिलो चरणमा किसानहरुमा जनचेतना, सहकारीमा आवद्धता, पुजी संकलनर ब्यवस्थापन, सिप र प्रबिधि मैत्रि बनाएर उत्पादनमा जोड दिदै बजारीकरण समेतको उदेश्य राखेर गरिएको सो कार्यक्रम साना किसान सहकारी जिर्मलेका अध्यक्ष राम मोक्तानको अध्यक्षता र महारानी झोडा साना किसान सहकारी संस्थाको अध्यक्ष एवं नेपाल कृषि सहकारी संस्थाको केन्द्रिय उपाध्यक्ष मिना ढकालको प्रमुख आथित्यता गाउपालिका प्रबक्ता तथा वडाध्यक्ष मनिकुमार तामाङ्ग,महारानी झोडा साना किसान सहकारी संस्थाको महाप्रबन्धक चिरन्जिबि भण्डारी र बाहुण्डागी साना किसान सहकारी संस्थाको ब्यवस्थापक पोष राज दर्जीको बिशेष आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस