• २०८१ माघ २६ गते शनिवार

अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसार विरुद्धको दाङमा कार्यक्रम

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

असार ७, दाङ । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस देशैभर शुरु भएको छ । दिवसका अवसरमा दाङमा पनि एक कार्यक्रम गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्वअध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्य एवं प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

जिल्ला प्रशासन कार्यलय दाङको आयोजना तथा दाङ जिल्लामा रहेका सम्पुर्ण पुनस्थापना केन्द्र, महिला पुनस्थापना केन्द दाङ महिला मानव रक्षक संजाल दाङ, जिल्ला युवा परिषद दाङ लगायतको सहकार्यमा कार्यक्रम भएको हो ।

साताव्यापी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम हुने भएका छन् । साताको दोस्रो दिन शुक्रवार जिल्लाका पुनस्र्थापना केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा जिल्लाका पुर्नस्थापना केन्द्रहरुको अनुगमन गर्ने, असार ७ गते जिल्लाका सम्पूर्ण सञ्चार माध्यमबाट प्रचार सामाग्री प्रसारण गर्ने, असार ८ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा जिल्ला भित्र लागुऔषधी विरुद्ध पर्चा पम्पलेट वितरण गर्ने त्यस्तै असार ९ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा मावि स्तरका विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गर्ने असार १० गते घोराही, तुलसीपुर र लमहीमा जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा औषधी व्यवसायीहरुसंग अन्तरक्रिया तथा छलफल गर्ने, त्यस्तै त्यही दिन घोराही, तुलसीपुर र लमहीमा सड्क नाटक प्रर्दशन गर्ने र अन्तर मावि विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने र साताव्यापी कार्यक्रमको अन्तिम दिन तुलसीपुरमा समापन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस