असार ७, काठमाडौं । बर्तमान अवस्थामा नेपालमा गरिब झन गरिब हुने र धनि झन धनि हुने प्रथा रहिआएको छ । हिजोको दिनमा चप्पल लगाएर काठमाडौं छिरेका मान्छेहरुको महल छ । छोराछोरी विदेशमा छन । सुखसयलको जिन्दगी छ ।
अख्तियारले २०००, ५००० को घुस खाएका मानिस समात्छ तर भनिएका ठुला माछा कता छन भन्ने हेर्दैन । अख्तियारको नाकै मुनि भ्रष्टचारहुदा पनि केहि पहल भएको देखिदैन ।
नेपालका राष्ट्रिय दैनिक पत्रीकामा सफल सम्पादकको भुमिका निभाइसक्नु भएका विनोद त्रिपाठीले भ्रष्टाचार बारेमा चिन्ता व्यक्त गर्दै लेख्नुहुन्छ “सर्बप्रथम केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको सम्पती छानविन हुनु अनिबार्य छ । हाम्रा भ्रष्टाचार बिरुद्धका आवाजहरु पुरा हुन यो शुरुवात विकल्परहित हो । मुहान संग्लो (सफा) नभई कुवा सफा हुँदैन ।
त्यसपछि माधबकुमार नेपाल, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, झलनाथ खनाल, कृष्णप्रसाद सिटौला, बिजय गच्छेदार, कृष्णबहादुर महरा, कमल थापाहरु हुँदै चोलेन्द्र शमशेर जवरा, शम्भु थापा, लोकर्दशन रेग्मी, सर्बेन्द्र खनाल, सहित तल्लो इकाइसम्मका हरेक क ख ग …… कर्मचारीहरु, पुर्बमन्त्रीहरु, पुर्बसांसदहरु, हरेक नेताहरु, कार्यकर्ताहरु, पुर्वप्रशासकहरु, हरेक सामाजिक ब्यक्तिहरु लगायत सबैजना सम्पति जाँचबुझ गरियोस भनेर लाइनमा बस्न बाध्य हुनेछन् । ओली, दाहाल र देउवाको सम्पति छानविनले सबैलाई बाध्यात्मक नैतिकता भित्र कैद गराउनेछ ।
अब अमुर्त तरिकाले भ्रष्टाचार बिरुद्ध आवाज उठाएर वा माइतिघरमा भीड जम्मा गरेर मात्र केहि हुनेवाला छैन । ठोस ढंगले भ्रष्टाचार बिरुद्ध आवाज र आन्दोलन गर्ने भनेको ओली, दाहाल र देउवाको सम्पति छानविन प्रमुख बटमलाइन हो । भ्रष्टाचार नियन्त्रण गर्ने यो एक मात्र बिकल्प हो । अरु बिकल्प, भाषणबाजी वा बिरोध केवल मिथ्या मात्र हुन् । किनकी भ्रष्टाचार बिरुद्ध अमुर्त आवाजहरु बर्षोंदेखि गुन्जिरहे , तर भ्रष्टाचारमा नेपाल झन झन माथि उक्लिरह्यो ।”