• २०८० असोज ५ गते शुक्रवार

लमहीमा ब्राउन सुगर सहित एक युवक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

जेठ ८, दाङ । लमही नगरपालिका वडा नम्बर ५ निवासी ३० बर्षिय चुर्णसिंह ठकुरीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले गएराती गोप्य सूचनाको आधारमा अर्जुनखोला नजिकबाट पक्राउ गरेको हो।

नेपालगन्ज बाट ब्राउन सुगर ल्याएर आउँदै गरेको सूचनाको आधारमा ठकुरी पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।लमही क्षेत्रमा ब्राउन सुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाइ पक्राउ गर्न सफल भएको हो।यस विषयमा थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ ्र

प्रतिक्रिया दिनुहोस