• २०८२ जेष्ठ ७ गते मङ्गलवार

एक बर्षमा कर्णालीमा चार लाखभन्दा बढी पर्यटक भित्रिए, तर लक्ष्य भेटिएन्

पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ९, सुर्खेत । कर्णाली प्रदेशमा २०७५ मा चार लाख भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । वार्षिक पाँच लाख पर्यटक भित्राउने लक्ष्यसहित कर्णाली रारा पर्यटन वर्ष मनाईएको कर्णाली प्रदेशमा तोकिएको सख्या पुर्याउन नसकिएको हो ।

प्रदेशमा ४ लाख ५४ हजार आन्तरिक पर्यटकले भ्रमण गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिहं बुढाले बताउनुभयो । ‘आन्तरिक तर्फ सुर्खेतमा एक लाख ६२ हजार ८ सय ६२, दैलेखमा ३८ हजार ६ सय ६८, जाजरकोटमा ५८ हजार ८ सय ६५, रुकुम पश्चिममा ६ हजार ६ सय ५८, सल्यानमा ३६ हजार १ सय ५०, कालिकोटमा ३१ हजार ३ सय ५७, जुम्लामा ७७ हजार ६ सय १४, मुगुमा १३ हजार ७ सय ९५ हुम्लामा २० हजार ५ सय ४५ डोल्पा ८ हजार ३ सय ५४ गरी ४ लाख ५४ हजार ८ सय ५४ जनाले भ्रमण गरेका छन् ।’

यो आर्थिक वर्षमा आन्तरिकमा सुर्खेत र बाह्यमा हुम्ला जिल्लामा सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।‘२१ हजार २ सय ९१ जना वाह्य पर्यटकले प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेका मन्त्री बुढाको भनाई छ ।’
बाह्य पर्यटक तर्फ सुर्खेतमा ६ सय ५४, दैलेखमा १४ जाजरकोटमा ७, रुकुम पश्चिममा १३, सल्यानमा ९, कालिकोटमा २१, जुम्लामा ६२, मुगुमा ३३४, हुम्लामा १७ हजार चार सय ८९, डोल्पामा २ हजार ६ सय ८८ गरी २१ हजार २ सय ९१ जनाले भ्रमण गरेका छन् । २०७५ सालमा प्रदेशमा २४ दशमलब ८ प्रतिशतले पर्यटकको सँख्यामा वृद्धी भएको मन्त्रालयले जनाएको छ ।

पर्यटक आगमन सर्वेक्षण ०७५ तथा अध्यागमन विभाग काठमाडौँको तथ्याङक अनुसार कर्णाली प्रदेशमा यो आर्थिक वर्षको अन्त्य सम्म थप १५ प्रतिशतले पर्यटकको सख्यामा बृद्धी हुने मन्त्रालयले अनुमान गरेको छ ।
२०७५ वैशाख १ गतेदेखि २०७६ बैशाख १ गते सम्मको मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा पर्यटकको आगमन उत्साह जनक रहेको मन्त्री बुढाको भनाई छ । यो आर्थिक बर्षमा मानसरोवरका कारण हुम्लामा सबैभन्दा धेरै बाह्य पर्यटक पुगेका छन् भने सबै भन्दा कम जाजरकोटमा पुगेको मन्त्रालयले जनाएको छ ।
रारा कर्णाली भ्रमण बर्ष ०७५मा प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट कुल ७८,१६,०९६ खर्च भएको छ । ‘रारामा कुनै भ्रष्टाचार नभएको मन्त्री बुढाले भन्नुभयो ।‘मन्त्रालयलाई मात्रै बजेट खर्च गर्न दिइएको भए हामी जवाफदेही हुन्थ्यौं,’ उहाँले भन्नुभयो हरेक मन्त्रालयलाई जिम्मा दिएकोले समस्या आएको हो । उहाँले व्यवस्थापन पक्ष फितलो भएकोले भ्रष्टाचारको आरोप लागेको बताउनुभयो । आईतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस