• २०८२ जेष्ठ ७ गते मङ्गलवार

खानेपानी मन्त्रीले भनिन पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं

पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

विश्व पानी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् ।

सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , “ अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।”

खानेपानीमा आम जनताको पहुँच पु(याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन्। खानेपानीमा सहज पहुँच पु(याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन्। पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन्।

प्रतिक्रिया दिनुहोस