चैत ८, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल विराटनगरको शहीद रंगशालामा सुरु भएको छ ।
फाइनल खेलमा नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध मैदानमा उतारेको खेलाडीलाई नै पहिलो रोजाइमा राखेको छ । नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको छ ।आफ्नै घरेलु मैदानमा पहिलो पटक आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल उच्च मनोबलमा रहेको छ ।
यता, डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।