८ चैत, काठमाडौं । बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा नायव सुब्बा रामकुमार फुयाँललाई घुस रकम सहित नियन्त्रणमा लिइएको छ ।
बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा उनलाई प्रकाउ गरिएको हो ।
उनले सेवाग्राहीसँग रू.६०,०००।– घुसबापतको रकम लिई जिल्ला काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात निज धुर्व खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनिहरु दुबैलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं।.५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट मिति २०७५।१२।०७ गते बेलुकी १८:४५ बजेको समयमा नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ