• २०७९ साउन २७ गते शुक्रवार

झुट्टा अफवाह फैलाएको अभियोगमा अनलाईन आवाज डटकमका सहसम्पादक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

८ चैत, काठमाडौं । काठमाडौं जिल्लामा १० स्थानमा वम विस्फोट भनि अमर्यादित, भ्रमपूर्ण समाचार संप्रेषण गरी झुट्टा अफवाह फैलाएको अभियोगमा सहसम्पादक पक्राउ परेका छन ।

अनलाईन आवाज डटकमका सहसम्पादक कपिलवस्तु वाणगंगा नगरपालिका(६ घर भएका २१ वर्षीय गौरव खनाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी साईवर अपराध अन्तर्गत कारवाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस