• २०८० मङ्सिर १९ गते मङ्गलवार

भारत गएका अधिकांश युवाहरु घर फर्किन थाले

पढ्न लाग्ने समय : २ मिनेट

जुम्ला : रोजगारीका लागि छिमेकी मुलुक भारत गएका जुम्लाका अधिकांश युवाले यतिबेला घर फर्किन थालेका छन्। माघ महिनाको अन्तिम साताबाट अधिकांश युवाहरु घर फर्किन थालेका हुन्। जुम्लामा कामको सिजन सुरु हुने भएकाले कालापहाड गएका युवाहरु घर फर्किने क्रम चलेका हो। यतिबेला जुम्लामा दैनिक दुई समूह युवाको हुल कालापहाडबाट आउने लहर चलेको छ।

आफ्नो ठाउँमा भने जस्तो काम नपाउने भएकाले युवाहरु आफ्नो रोजीरोटीको लागि हिउँदको समयमा कालापहाड जाने गर्दछन्। रोजगारीका लागि छिमेकी मुलुक भारततिर गएका युवाहरु फाल्गुन महिना सुरु भएपछि घर फर्केन गर्दछन्।

हिउँदको ४ महिना त्यतिखेर जुम्लामा कामको चटारो, भएकाले व्यापार तथा रोजगारीका लागि छिमेकी मुलुक भारतको विभिन्न शहरमा जुम्लाका युवाहरु जाने गर्दछन्। विशेष गरी जुम्ला सिंजा क्षेत्रका युवाहरु रोजगारीका लागि भारत सहित अन्य मुलुकहरु धाउने गरेका छन्। आवश्यक रोजगारी तथा काम नपाएका सयौँ युवाहरु हरेक वर्ष कामको खोजीमा विदेशमा गएर घरखर्च चलाउने गरिरहेका छन्।

दशैँ तिहार मनाएर भारतमा रोजगारीका लागि गएका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको संख्यामा गाउँघरमा फकर्ने गरेको सिंजा गाउँपालिका वडा नम्बर ३ धितालिहिका भीमप्रसाद धितालले बताउनु भयो। उहाले भन्नु भयो। रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि हिउँदको समयमा यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा, बालबलिका ,र महिला मात्रै हुने गर्दछन्।

उनका अनुसार कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढेलेखेका युवा र शिक्षकहरु रहेका छन्। त्यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्ला पहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्ली लगायतका विभिन्न ठाउँमा जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस