• २०८० मङ्सिर १६ गते शनिवार

 हेटाैँडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

हेटाैँडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको थानाभर्‍याङमा पैदल यात्रुको मृत्यु भएको हो ।

पैदलयात्रुलार्इ ठक्कर दिँदा भएकाे दुर्घटनामा परी मोटरसाइकल चालक भने गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका ४ नामटारका ४० वर्षीया मिलनप्रसाद बर्तौला रहेका छन् ।

को १७ प १८८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बर्ताैलाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटना परी घाइते भएका चालकको प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस