काठमाडौँ – वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् ।उनाीहरु दुबै जना वीर अस्पतालको निर्माणामा कार्यरत थिए ।बिहिबार साँझ भवनको लिफ्ट चुडिँदा अर्को एक जना गम्भीर घाइते भएका छन् ।
घाइते सप्तरीका सोभित कुमार चौधरीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको बताइएको छ । लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशाशन र प्रहरीको सक्रियतामा अनुसन्धान भईरहेको छ।