काठमाडौं । सुनको मुल्य घटेको छ । बिहीबार छापावाल सुनको भाउ तोलामा रु २०० ले घटेर ६३ हजार १०० मा कारोबार भईरहेको छ । बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।