• २०८० असोज ५ गते शुक्रवार

सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी गरेको छ । पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो।

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ। त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ।

केही पेट्रोल पम्प फुटपाथमै राखिएकाले त्यसबाट पैदलयात्रीलाई हिँडन अप्ठेरो भएको उनले बताए ।सडकमै पम्प राखिएका छन्,उनले भने, ‘पेट्रोल भर्दा लाइनमा राखिन्छ,जाम हुन्छ, त्यसकारण हटाउनैपर्छ ।’

अब नयाँ हुने पेट्रोल पम्पमा शौचालय र कफी पसल व्यवस्था हुनुपर्ने उनले बताए । करिब ३५ देखि ४० पेट्रोल पम्पलाई तत्काल नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै उनले त्यसका लागि सबै निकायसँग छलफल गरिने बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस