• २०८१ पुष २९ गते सोमवार

सिबिल प्रहरी ग्राहक बने पछी आगुऔषध सहित एक जना महिला पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

.सागर थापा

पुस ५ ,दाङ। लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेकी एक महिला पुन दाङबाट लागुऔषध कारोवार गरिरहेको अबस्थामा पक्राउ परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका ५ की शान्ता गिरी अदालतबाट धरौटीमा छुटेको केही समयमै पुन आगुऔषध कारोवारको अभियोगमा शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

महिलाको गतिविधिको विषयमा बुझन जिल्ला दाङबाट सादा पोशाकका प्रहरी समेत उनीसंग ग्राहक बनेर गएका थिए । उनीहरुले पनि गिरीबाट सामान किनेपछि नियन्त्रणमा लिइएको थियो ।

शान्ता गिरीलाई करिब ७ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको योगीले बताए । गिरीलाई उनकै घरबाट जिल्ला दाङको सादा पोशाकमा खटिएका प्रहरी टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनलाई ब्राउनसुगर कारोबार गरेको आरोपमा अदालतले पुक्र्षका लागि थुनामा पठाएको थियोे । केही हप्ता पहिले मात्रै उनी धरौटीमा छुटेकी अभियुक्त रहेको दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस