• २०८२ जेष्ठ ४ गते शनिवार

दाङमा बसले किचेर एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा एक जनाको मृत्यु भएको छ ।

प्युठान माण्डबी गाउँपालिका वडा नम्बर ४ निवासी ४६ बर्षिय पबित्रा सुनारको मृत्यु भएको हो । घाइते सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागि बुटवल लगिएको थियो । उपचारको क्रममा सुनारको मृत्यु भएको छ भने बस र चालकलाई वडा प्रहरी कार्यालयल लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस