• २०८१ फाल्गुन ७ गते बुधवार

मुख्यमन्त्री थवाङ आउँदै, स्वागतकोलागी भव्य तयारी

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५ रोल्पा । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल ६ गते रोल्पाको थवाङ आउनुने भएका छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङले आयोजना गरेको मुख्यमन्त्री तथा कानुन मन्त्री सँग भेटघाट कार्यक्रमको लागी थवाङ लगायत रोल्पा जिल्लाका विभिन्न ठाँउहरुमा हुने कार्यक्रमहरुलाई मख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहको छ ।

कार्यक्रमको लागी रोल्पा मुख्यमन्त्री रोल्पा आउन लाग्नु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य कुमार दसौदीले बताउनु भयो ।मख्यमन्त्रीले ६ गते मध्यान १२ बजे सामुदायिक भवनको सभाहल थवाङमा हुने कार्यक्रता भेटघाट कार्यक्रलाई सम्बोधन गर्ने बताइएको ।

सोही कार्यक्रममा संगीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के सी सोनाम, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन ‘सिजल’, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, जिल्ला सचिव हरि प्रसाद घर्ती लगायतको उपस्थित रहने भएको छ ।

कार्यक्रमको लागी व्यवस्थापन सबै पुरा भैसकेको नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) थवाङ गाउँपालिकाका अध्यक्ष रामधन पुन सौभाग्यले जानकारी दिनुभयो ।
मुख्यमन्त्री पोखरेल नेकपा प्रदेश ५ को इन्चार्ज समेत रहनु भएकोले जिलाको विभिन्न ठाँउमा पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको छ ।

६ गते मध्यान्न थवाङको कार्यक्रम सकिय लगतै रोल्पाको खरिवोटमा हुने कार्यकर्ता भेटघाट कार्यक्रम, ६ गते साझ माडी गाउँपालिकाका कार्यक्रता तथा माडी गाउँपालिकाका जनप्रतिनिधी सँग भेटघाट कार्यक्रमको तय गरिएको छ भने ७ गते रुन्टिगढीको होलीरीमा आयोजना गरिएको कार्यक्रता भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्नेु बताइएको छ ।

प्रतिक्रिया दिनुहोस