कात्तिक ४, कास्की । मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल समेत २ जना घुस रकम सहित नियन्त्रणमा परेका छन ।
मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराईलाई रू.१२,०००।– घुस रिसवत लिईसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. २९ मालपोत कार्यालय परिसर नजिकबाट उक्त रकम सहित मिति २०७६।०७।०३ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।