कार्तिक ४, रोल्पा । ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाल मार्फत रोल्पा जिल्लामा संचालित सुआहारा दोश्रो चरण कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा आगामी योजना बिषयक समिक्षा गोष्ठी जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज ब. बुढा ज्यू को अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुः जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघ लगायको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रुडास नेपाल÷सुआहाराका फिल्ड संयोजक टेकेन्द्र घर्तीले गर्नुभएको थियो भने कार्यक्रमले गत बर्ष सम्मन्न गरेका क्रियाकलापहरु, सिकाई र चौथो बर्षको योजना बारे सुआहारा का कार्यक्रम संयोजक भरत प्र. भट्ट ले प्रस्तुति गर्नुभएको थियो । सुआहारा कार्यक्रमले जिल्लामा प्रशंसनीय कार्य गर्दै आइरहेको र आगामी दिनमा अभियानलाइ थप प्रभावकारी बनाउन स्थानीय निकायहरु संगको सहकार्यलाइ थप मजबुत गर्दै विपन्न र दुर्गम बस्तीहरुमा प्रथमिकता दिनु पर्ने सरोकारवालाहरुले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष श्री महेश न्यौपानेले सन २०२२ सम्म जिल्लालाइ पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा अभियान चलिरहेको र उक्त अभियान संचालनमा सुआहाराले थप सहयोग गर्नुपर्ने सुझाव दिनु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख श्री राज ब. बुढा जू ले स्थानीय उत्पादन प्रवर्धनमा जोड दिदै सबैले सहकार्य र समन्वयमा काम गरी व्यवहार परिवर्तनका अभियान संचालन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।