• २०८१ पुष २९ गते सोमवार

काठमाडौंको बौद्धस्थित नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट बरामद भएको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन ।

दशैंका समयमा उनीहरुले नक्कली नोटलाई बजारमा पुर्‍याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस