• २०८१ माघ २६ गते शनिवार

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झन्डा फहराइयो

पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, युएई । संविधान दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ ।

युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९:१० बजे बुर्ज खलिफामा एक मिनेट  नेपाली झन्डा फहराइएको हो ।

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको यो पहिलो चोटि हो । ८२३ मिटर अग्लो उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले नेपाली र नेपालप्रति पहिचान रहने विस्वास गरिएको छ। जसले भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने  समेत विश्वास गरिएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको  प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो ।

नेपालको संविधान दिवसको अवसर पारेर गत बिहीबार दूतावासमा झण्डोत्तोलन तथा दीप प्रज्ज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस