- धर्म सुनार बाजुरा
असोज ४, बाजुरा । बाजुरामा विप्लव समुहका जिल्ला सह–सचीव दानबहादर खड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।
विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिब, निमुखा नेपाली जनतालाई न्याय दिलाउने उद्देश्यका साथ कम्युनिष्टका सदस्यका रुपमा विभिन्न क्रान्ति र आन्दोलनमा सहभागी भएको आमजन समुदाय माझ प्रेस विज्ञप्ति मार्फ खड्काले जानकारी गराउनु भएको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पाटि (नेकपा) बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा नेकपा पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा दानबहादुर खड्का नेकपामा प्रवेश गरेका (नेकपा) का नेता अर्जुन रोकायाले बताए । जनताको बलिदान संघर्ष मार्फत नेपालको संविधान निमार्ण भईसकेको वर्तमान अवस्थामा क्रान्तिले राजनीति कार्यभार पुरा भएको भन्ने उहाँको विश्लेषण रहेको हो ।
क्रान्तिलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) समुहको स्पष्ट कार्यदशा, राजनीतिक वैचारिक धरातल नहुनाका कारण उक्त पाटी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपामा) प्रवेश गरेका खड्काले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएका नेता रोकायाले बताएका छन् । प्रवेश गरेका खड्कालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बाजुराले टिका लगाएर स्वागत गरेको थियो ।