• २०८२ जेष्ठ २ गते बिहिवार

आजको मौसम : एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। यस्तै राती देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ। यसैले देशका मध्य र पूर्वी तराईमा सामान्य देखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू्भा-गमा आंशिक देखि सामान्य बदलि रहेको छ।

आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहितको हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस