• २०८२ बैशाख ५ गते शुक्रवार

मनमैजु मालपोतबाट घुस रकम सहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी लाई Brother Kitchen मा घुस रकमलिई कार्यालय परिसरमा जादै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाटखटिई गएको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

उनिहरुले सेवाग्राहीसँग रु.३५,०००।– घुस वापतको रकम लिइसकेर कार्यालय परिसरमा जादै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस