• २०८१ जेष्ठ ११ गते शुक्रवार

माडी गाउँपालिकाले ४३ जना अनुदानमा शिक्षक भर्ना गर्दै

पढ्न लाग्ने समय : १ मिनेट
  • वीरसिङ वली

भाद्र ०४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा शिक्षक भर्ना गर्ने भएको छ।

विद्यालयमा पर्याप्त शिक्षकको अभावमा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि आर्थिक वर्ष ०७६/०७७ मा गाउँपालिका भित्रका सबै विद्यालयहरुममा करिब ४३ जना शिक्षक भर्ना गर्ने गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन मगरले जानकारी दिए ।

गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी कमि हुँदा पठनपाठनमा समस्या भएपछि शिक्षक भर्ना गर्न लागिएको उनले बताए । ‘गाउँपालिकाले निस्पकक्ष प्रतिस्पर्धाबाट अनुदान शिक्षक छनोट गरि शिक्षामा गुणस्तर बढाउने गरि यो कार्यक्रम अघाडी बढाइएको  ,’ गाउँपालिका अध्यक्ष पुनले भने,‘ यस क्षेत्रका विद्यालयमा शिक्षक कमि भएर शिक्षण सिकाइमा समस्या परेकै कारण हामीले अनुदान कोठामा शिक्षक भर्ना गर्न लागेका हौ ।

शिक्षा अबस्था सुधार गर्नकै लागी करिब एक करोड ३३ लाख बराबरको बजेट छुट्याइएको छ । अनुदान शिक्षक कोठामा समाबेस हुनको लागी आफ्नो पाएक पर्ने बिध्यालयबाट फारम भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस