भाद्र ४, एजेन्सी । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा भएको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोहीको मृत्यु भएको छ ।
उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोहीको मृत्यु र अरु १० जना घाइते भएका प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीले जनाएका छन ।
उनले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।