• २०८१ फाल्गुन २ गते शुक्रवार

मालपोत कार्यालय कास्कीका अधिकृत घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 भदौ ४, कास्की । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरेका थिए । विशेष उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु.५९,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस