• २०८१ जेष्ठ ५ गते शनिवार

जग्गा प्लटिङ्गले उजाडिएको काठमाडौं

पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

पहिला पहिला भन्ने चलन थियो ”न्याय नपाए गोर्खा जानू, धर्म नपाए काशी जानू ” तर अहिले भन्ने गरिन्छ कि शिक्षा, स्वास्थ्य, रोजगारी र लगानी गर्ने वातावरण मिलाउन अन्यत्र अवसर नमिल्ने भएकोले काठमाण्डु वेस् । हुन पनि वास्तवमा देशका विभिन्न भु–भागहरु चाहे पहाड या तराई होस् हरेक ठाँउका मानिसहरुको विभिन्न अवसर र चुनौतिका लागि काठमाण्डौ एउटा गन्तव्य स्थलको रुपमा रहेको छ र पहाडका मानिसले रोपनी र तराइतिरको विघौं विघा जमिन वेचेर काठमाण्डौमा तीन चार आना जग्गा किन्ने र मुश्किलले घर वनाउने होडवाजीले गर्दा आज हरेक मानिसको चाहना शहरमुखी भैरहेको छ ।

प्राकृतिक दोहनमा दलाल विचौलियाहरुको हालिमुहाली हुनगई अहिले काठमाण्डौका हरेक ठाउँका जग्गाहरुमा न कुला रहे न त कुलेसा नै १ अनि न त खोलाको भाउ नै रह्यो न त करेसाको नै १ जताततै प्लटिङ्ग, हरियाली फाँट र उपत्यकाको नजिकका पहाडहरु पनि सवै उजाड मरुभूमीजस्तो वनेको छ, अनि वर्षाको समयमा खोला, कुला र खोल्साहरुले पानिको वहावको लागि वाटो नपाई खोलाका किनाराका वस्ती बस्तीहरुमा कुध्न वाध्यछन् । तैपनी सवैलाई काठमाण्डौ स्वर्गजस्तो लागेको छ तर वल्लो घरमा जन्ती त पल्लो घरमा मलामी भएपनि न कसैलाई मतलव छ, न त भाइचारा, सहकार्य र सहअस्तित्वको भावना जागृत हुन्छ ।

जग्गाको भाउ आजको भोली नै आनाको करिव दुई तीन लाख बढेको पत्तै हुँदैन तैपनि जग्गा किनवेचको भिडभाडले सताइरहेको छ काठमाण्डौलाई । अव्यवस्थित वस्ती विकास, साँघुरा रोड, वर्षामा हिलो, हिउँदमा धुलो र धुँवा, सरकार हल्लाउने दलाल र विचौलियाको मनोमानी, टोले डन र गुण्डाहरुको अखडा, जताततै मानिसहरुको भिडभाड्, मुख्य व्यबशाय नै जग्गाको प्लटिङ्ग, दलाल र विचौलियाहरुले गर्दा न त सार्वजनिक जग्गाको संरक्षण नै राम्रो तरिकाले भएको छ, न त प्राकृतिक श्रोत र साधनको सहि सदुपयोग । जनप्रतिनिधिले केहि जनहितका कार्यहरु गर्न खोजेतापनि विचौलियाहरुको दलदलमा फँसेको काठमाण्डौ दैनिक आन्दोलनको अखडा वनेकोले दिनानुदिन उजाड मरुभूमीमा लस्कर लागेका उँटको वथानजस्तो वन्दैछ काठमाण्डौ उपत्यका १ अनि हरेक चोरी मालको व्यपार व्यवशायी र तस्करीहरुलाई लुक्ने कर्मस्थल बनेको छ यो काठमाडौं उपत्यका

त्यसैले नेपालको राजधानी भएकोले पनि होला सायद सबै व्यक्ति चाहे त्यो जुनसुकै ओहदामा काम गरेको किन नहोस् उसलाई वस्न मन परेको हुन्छ यो भिडभाड काठमाण्डौ शहरमा । तसर्थ जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरुले समयमा नै यस्तो भिडभाड र अस्तव्यस्त काठमाण्डौ शहरको मर्मलाई बुभ्mन नसक्ने हो भने आगामी दस वर्षभित्र काठमाण्डौ उपत्यकामा मानिसहरुको घनचक्करले झन अस्तव्यस्तताको अल्झन आउने छ । यसवारेमा सम्बन्धित निकायले समयमा नै सोचुन् ता कि उपत्यका वरिपरि बाँकि रहेका पहाड र हरियाली डाँडा काँडाहरु पनि दलाल र विचौलियाहरुको फन्दामा परि स्वार्थवस् व्यक्तिका नाउँमा जानबाट रोकियोस् र प्राकृतिक दोहन रोकी संरक्षणमा जोड दिइयोस् ।

  •  मध्येनेपाल नगरपालिका २ ,हाल काठमाण्डौ 
प्रतिक्रिया दिनुहोस