• २०८२ बैशाख ७ गते आइतवार

पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै

पढ्न लाग्ने समय : १ मिनेट

भद्रौ ४, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा फाइनल प्रवेशकाआज दिउसो २ बजे इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको छ ।

सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने फिदिम स्र्पोटिङ क्लबलाई टाइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मङ्गलबार भएको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता रेडस्टार फुटबल क्लब झापा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । रेडस्टार फूटबल क्लब झापा लेसेमिफाइनलको अन्तिम खेलमा एलाभेन एरोज सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी हूने जानकारी प्राप्त भएको छ । प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ । उपविजेतालाई रु एक लाख ५१ हजार नगदसहित ट्रफी दिइने छ ।

प्रतिक्रिया दिनुहोस