• २०८१ जेष्ठ ६ गते आइतवार

सुनिलस्मृतिका जनताको मागलाई सम्बोधन गर्दै बस्तीबस्तीमा अध्यक्ष कार्यक्रम

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ०४,रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बस्तीबस्तीमा अध्यक्ष कार्यक्रम वडा नं. १ थुम्पाकीमा सम्पन्न भएको छ ।

अध्यक्षको निजी सचिवालयका टिम, कार्यपालिका सदस्य तुलसी सुनार र शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल सहितको टीमलाई लिएर अध्यक्ष घर्ती उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारसँग राख्नु पर्ने अपेक्षा, माग तथा गुनासाहरु खुलेरै राखेका थिए भने अध्यक्ष घर्तीले जनताहरुको मागका आधारमा अति विपन्न तीन घरपरिवारलाई जस्तापाता उपलब्ध, पधेरा कुवा पानी मुहान संरक्षणका लागि आवश्यक सामाग्रिहरु उपलब्ध, विद्यालयमा विद्युत जडानका लागि आवश्यक वजेटको व्यवस्था गरेका छन्, साथै धारबाङ, थुम्पाकी, धरमपानी मोटरबाटो, पञ्चिकोट, उर्लिखोला थुम्पाकी मोटरबाटोका लागि गाउँपालकाबाट १०/१० लाख बजेट विनियोजन गरिएको समेत स्थानियवासीहरुलाई जानकारी गराएका थिय ।

उर्लीखोला, लेखका वालवालिकाहरुका लागि विद्यालयको समस्या रहेको हुँदा सेन्टर क्षेत्रमा वालविकास राख्नका लागि गाउँ शिक्षा समितिको बैठकबाट प्रकृया अगाडि बढाउने, सामुदायि स्वास्थ्य इकाइको लागि प्रकृया अगाडि बढाउने, मोटरबाटो स्तरउन्नोतिका लागि आवश्यक पहल अगाडि बढाउने, सम्पुर्णको घरघरमा विद्युत सेवा पु¥याउने, कृषि क्षेत्रका लागि आवश्यक अनुसार प्रशिक्षण, विउ विजनहरु उपलब्ध गराउने समेत अध्यक्षले बताएका छन ।

अत्याधिक मागको रुपमा रहेको खानेपानीलाई एक घर एक धारा कार्यक्रमलाई अगाडि बढाउने, सिचाई तथा कुलो मर्मतका लागि पनि आवश्यक प्रकृया अगाडि बढाइ तुरुन्तै तपाइहरुको मागलाई सम्बोधन गरिदै लैजाने अध्यक्ष घर्तीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस