- बिनोद दर्नाल। सुनसरी समाचारदाता
भदौ ४, सुनसरी । नुन देखी सुन सम्म भन्ने मुल नारा सहित व्यवसायिक क्षेत्रमा लागेको बराह ग्रुप को २५ औ व्यवसायिक उत्सव मनाउन लागेको छ । बराह ज्वेलरी बिगत २५ बर्ष अघी सुन चादि का गरगहना बाट शुभारम्भ भएको हो ।
धरानमा बराह ज्वेलरी,बराह डिपार्ट्मेन्ट् स्टोर , बराह बचत तथा ऋण सहकारी संस्था देखी बराह कृषि उपज तथा पशुपालन हुँदै पछील्लो समय स्वदेशमै रोजगार सिर्जना गर्ने उद्देश्य सहित अगाडि बढी रहेको छ ।
धरान मा मात्रै नभएर बराह ग्रुप अन्तरराष्ट्रिय बजार मा पनि बिभिन्न व्यवसायिक सेवा दिदै व्यवसाय विस्तार भैरहेको छ । बराह ग्रुप अन्तर्गत बराह ज्वेलरी ले विगतमा प्रत्येक बर्ष भाद्र ५ गते आफ्नो स्थापना एवम वार्षिक उत्सव मनाउदै आएको मा यस बर्ष २५ औ व्यवसायिक उत्सव बिशेष भव्य रुपमा सम्पन्न गर्न प्रतिकुल मौसमको प्रभावलाई मध्य नजर गरी उत्सव कार्यक्रम असोज १३ गते बराह ग्रुप का संस्थापक स्वर्गिय ईन्द्र कुमार लामिछाने को जन्मोत्सव पारेर २५ औ व्यवसायिक उत्सव मनाउन लागेको छ ।
उक्त दिन बिगतका बर्षहरुमा गरिदै आएका सम्पूर्ण सामाजिक कार्यक्रम सहित ईन्द्रकुमार लामिछाने को जीवनिमा आधारित पुस्तक पनि विमोचन हुने मंगलवार आयोजित पत्रकार सम्मेलन मा प्रदेस १ प्रमुख मानबहादुर बिस्वकर्माले जानकारी दिनुभयो । उहाका अनुसार बराह सपिङ्ग कम्प्लेक्स अन्तर्गत सन्चालित बिभिन्न व्यवसायिक युनिटहरुले २५ औ रजत जयन्ती को अवसरमा भाद्र १ गते देखी १० गते सम्म सामान खरिदमा २५-५० प्रतिसत सम्म छुट्को व्यबस्था रहेकोछ । साथै वार्सिक उत्सव को अवसरमा रु २० लाख भन्दा सामान खरिद गर्ने ५ जना ग्राहक लाई बिशेष सम्मान गर्दै ५ जना बाट लक्की ड्र मार्फत एकजना लाई VESPA COy Scooty गरिने पनि उहाले बताउन् भयो ।
वार्षिक रुपमा उपहार भन्दा अझ प्रभावकारी पुरस्कार राख्दै जाने लक्ष लिएको ग्रुप ले यो बर्ष पनि सबै ग्राहक हरुको लागि आकर्शक पुरस्कार को व्यवस्था , ग्राहक को सेवा सुबिधा मा ध्यान राखेकै कारण आर्थिक बर्ष ७५/७६ मा ग्राहक को संख्या ३३% ले बृदि भएको ग्रुप को दाबी छ । बिभिन्न क्षेत्र मा आफ्नो सेवा बिस्तार् गर्दै आएको यस ग्रुप ले २ बर्ष अगाडि नै धनकुटा को नाम्जेमा ७ रोपनी जग्गा लिसकेको र त्यहा निकट भबिस्य मै सुबिधा सम्पन्न होम स्टे को लक्ष्य रहेको बताउदै गुरुयोजना राखेर अगाडि बढ्ने लक्ष्य रहेको मानबहादुर बिस्वकर्मा ले बताउनु भयो ।