• २०८२ बैशाख १७ गते बुधवार

कर्मचारीको बिठ्याँई , जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

पढ्न लाग्ने समय : ३ मिनेट

साउन ५ ,दैलेख । कहिले कतै नसुनेका नदेखेका कुराहरु पनि सुनिन्छन ,देखिन्छन । तीँ घटना एकदमै नयाँ र सुन्दा अनौठा हुन्छन । यस्तै मध्येको एक नौलो कुरा अथवा नविनतम कार्य भएको छ ,दैलेखको भगवतीमाई गाउँपालिकामा । जहाँ जिउँदो मान्छेलाई मृत्यु दर्ताको प्रमाण पत्र थमाईएको छ । कर्मचारीको यति सम्मको बिठ्याँईले यतिवेला जताततै यो कुराको आलोचित बनेको छ । गाउँका सिंहदरबारमा रहेका कर्मचारीहरुले बिठ्याँई गर्नु मामिली हेलचक्राई होईन । जनताले आशा र भरोषाका साथ गाउँमा सिंहदरबारको अनुभुति पाउँनुकोे साटो जनतानिहीत कार्य गर्ने कर्मचारीहरुलाई ध्यानपुर्वक भई कार्य गर्न जरुरी देखिन्छ छ । भगवतीमाई गाउँपालिकाले ‘ वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छन ।’ हुनत यस्तो कार्यले पालिकाको नै वेईजत हुनु हो ।

जिउँदो व्यक्तिलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउँने कस्तो कार्य हो ? के उनले अचानक भुलचुक गरेको हुन ? अँह यो पनि कसरि सम्भव छ ,यत्रो प्रमाणपत्र बनाउँने कार्य ।कर्मचारी भनेको देशको असल व्यक्ति हो ,जुन जनताको सेवामा एकधारमा लागि परोस । तर ,कर्मचारीहरुनै यसरि लापरवाहि गरेपछि कसरि जनताले आवाश्यक्ताको प्रत्याभुत गर्लान त ? गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पती उक्त प्रमाणपत्र बारे केहि जानकार भएनन । जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरूमा निकै दुःखको अनुभुति भयो । केहि समय पहिले बर्दिया जिल्लामा बसाईँ सरेका खत्री परिवार बसाईँ सराइँको प्रमाण पत्र नलिएका कारण वृद्धभत्ता बुझ्नको लागि पुर्खेउली जिल्ला पुगेका थिए ।
सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको व्यक्तिगत विवरणमा २०७६ वैशाख १० गते मनिराम र २०७५ चैत २५ गते ज्योतिकलाको मृत्यु भइसकेको उल्लेख छ । पीडित परिवारकी छोरो नानकला अधिकारीले भनिन ‘एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ,अर्कातिर गाउँपालिकाले वृद्धवृद्धाको जिउँने अधिकारमाथि सिधै हस्तक्षेप आरोप छ । तर, पञ्जाधिकरण शाखा कर्मचारी देवेन्द्र सिंहका अनुसार यो कुरा गलत भएको ठम्याई छ । कर्मचारी देवेन्द्रका अनुसार अचानक वाई–मिस्टेक भएकोले त्यस्को क्षतिपुर्ती दिने र उनीहरु आफ्नो नजिकको मान्छे भएकोले यस्तो कार्य गर्ने भनेर गरेको काम होईन ।


पीडित परिवारका अनुसार गाउँमा रहेका खत्री दम्पतीका छोरा रेशम खत्रीलाई बुबाआमाको मृत्यु भइसकेको भन्दै किरिया खर्चबापत दुई हजार रुपैयाँ दिन खोजिएको थियो । तर खत्रीले आफ्ना जिउँदा बुबाआमाको किरिया खर्च कसरी लिउँ ? भनेर प्रश्न गरेपछि गाउँपालिकामा खैलाबैला भएको थियो । गत फागुन सम्म बुबाआमाले वृद्धभत्ता पाएको उनकी छोरी अधिकारले बताएकी छन । पीडितका अनुसार भगवतीमाई गाउँपालिका–४ का सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो भएको हो । आफ्नो जीवनले दुनियालाई निहालीरहेका मान्छेलाई मृत्युदर्ताको प्रमाणपत्र दिने अधिकार कस्ले दियो ? राज्यको कुन दर्जामा लेखिएको छ यस्तो कानुन ? छोरी अधिकारीले आक्रोश हुँदै भनिन । उनका अनुसार गत मंसिरमा परिवार बसाइँ सरी बर्दिया बाँसगढी आएको थियो । ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गरे तर , गाउँपालिकाले उल्टै मृत्युदर्ताको प्रमाणपत्र थमाई दिएछ , उनले भनिन ।
गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत भिमबहादुर बुढाले प्रमाणपत्र रुजु गरेको छन । हाल बुढा सरुवा भैसकेका छन ।गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले उनीहरुलाई कार्वाही गरिने बताए । उनीहरुले दुई महिनाको भत्ता पनि पाउँनुहुन्छ ,बुढाले भने । गल्ति भएकै हो । अध्यक्ष बुढाका अनुसार गाउँपालिकका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहबारे छानबिन हुने कुरा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस