- महेन्द्र सिंह
साउन ५, नेपालगन्ज । आइतबार बिहानदेखि परेको बर्षाले नेपालगन्जका धेरै स्थानहरुमा जलमग्न भएका छन् ।
बर्षाले सबैभन्दा बढी नेपालगन्जको न्यू रोड, सेतु बिक चोक बागेश्वरी टोल लगाएतको धेरै सडकहरु जलमग्न भएका छन् ।न्यू रोड सडकको उचाई बढाएरै निर्माणको काम गरिएको थियो । तर पनि आज जलमग्न हुुँदा स्थानियहरु अचम्मित भएका छन् । त्यस्तै नेपालगन्जका अन्य स्थानहरु समेत जलमग्न भएका छन् । नेपालगञ्जको ढल र सडक सुधारका लागि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास परियोजना सञ्चालनमा छ ।
उक्त परियोजनाले नेपालगञ्ज शहरका कयौं सडक र ढल निर्माणको काम सम्पन्न गरिसकेको छ । तर यो काम सकिएपछि डुबान हुनु चिन्ताको बिषय बनेको छ ।
जलमघ्न नेपालगन्ज