साउन ५, काठमाडौं । फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले रोएको बताएका छन् ।
विश्वकप विजेता सदस्य ग्रिजम्यान एट्लेटिको मड्रिडबाट दुईसाता अघि बार्सिलोनामा अनुबन्धित भएका थिए । बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको थियो ।
ग्रिजम्यानले ला लिगा च्याम्पियन बार्सिलोनासंग ५ बर्षको सम्झौता गरेका छन् ।
“मैले बुबालाई फोन गरे र म खुशीले रुन थाले । किनकी जहाँ थिए । सबैथोक राम्रो भएको थियो,” २८ वर्षे ग्रिजम्यानले मार्कासँग भने, “म मेरो साथीहरु, श्रीमती र बच्चाहरुसँग थिए । जुन अविश्वसनीय क्षण थियो ।”
यस्तै ग्रिजम्यानले आफु नयाँ चुनौतीको सामना गर्न तयार रहेको समेत बताए । उनले बार्सिलोनामा राम्रो गर्नेमा आफुलाई आत्मविश्वास रहेको समेत बताए ।
“म पहिले मेरो विदा सक्नेछु । त्यसपछि नयाँ चुनौती सुरु हुनेछ,” ग्रिजम्यानले थपे ।