श्रावण ५, काठमाडौं । आज आइतवार दिउँसो देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
यस्तै राती देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।
मौसम विश्लेषण
मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ।
देशभर समग्र मौसमको अवस्था
हाल देशको पुर्वी तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली र मध्यमा आंसिक बदलीको अवस्था छ। पुर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।