- खिमराज गिरी
साउन ०५,काठमाडौं । विभिन्न राजनीतिक पार्टीका विगतका आन्दोलनको इतिहास हेर्ने हो भने एकदलीय शासन व्यबस्था अर्थात निर्दलीयता विरोधि आन्दोलनमा नेपालमा भएका सवै राजनीतिक पार्टीहरुको संलग्नता भएको पाइन्थ्यो र हरेक कुराहरुमा विभिन्न राजनीतिक पार्टीहरु, बुद्धिजिवि वर्ग, मानवधिकारवादीहरु आदिको सपोर्ट हुन्थ्यो र संसदीय इतिहासमा पनि प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा राष्ट्रिय मामलामा ध्यान दिएर त्यहि दायरामा प्रतिप्रश्न गर्ने संस्कारको विकास भएको पाइन्थ्यो ।
तर समय र परिस्थिति फरक भयो, सवै दलहरु मिलेर निरंकुश राजतन्त्र विरोधि आन्दोलनमा होमिए र अहिले हामी गणतान्त्रिक नेपालका जनता भनेर संसारमा चिनिएका छौं तर गणतन्त्र प्राप्तीपश्चात् भएका विभिन्न तहका चुनावहरुमा वामपन्थीहरुको वर्चश्व कायम रह्यो र नेपालमा उदाहरणरुवरुप नै भन्नुपर्दछ वामपन्थीहरुको सरकार चलिराखेको यस वर्तमान अवस्थामा प्रतिपक्षको भूमिकामा नेपालको प्रजातान्त्रिक पुरानो पाको पार्टी नेपाली काँग्रेस छ ता पनि हरेक पटक वसेको प्रतिनिधि सभाको वैठकमा सरोकारवाला व्यक्तिहरुलाई प्रश्न राख्दा देस र जनहितका कार्यहरु भन्दा पनि खालि साना साना झिना मसिना कुराहरु र शाब्दिक कोषमा अल्झिएर शब्द कोष पल्टाएर यसको अर्थ खोज्न लाग्ने वानी व्यहोराले गर्दा नेपाली जनता वाक्क दिक्क भइसकेको अवस्था छ ।
यसरी प्रतिपक्षको हरेक संसदीय काम कारवाहीमा जनहित र विकासवारेमा रचनात्मक भूमिका हुनुपर्नेमा यसो नभई भईदियो के भने चुनावको समयमा हारेको रिस पोख्ने माध्यम केहि नहुदा कहिले निम्छरामा अल्झेको छ त कहिले निर्मला हत्या काण्डवारे हतोत्साहित गरेको छ तर राष्ट्यि मुद्धामा भने मौन रहनुमा पनि सायद आफैमा केहि तुक अल्झेको हो कि भन्ने आभास पनि नेपाली जनतामा नभएको होइन । तसर्थ नेपाली काँग्रेस लगाएत अन्य दलहरुले संसद या अन्य क्याविनेटमा बोलिएका केहि कुराहरुलाई प्रत्येक शब्द शब्दहरुलाई मुद्धा वनाएर शब्दकोष पल्टाएर बस्ने हो यदि भने बहुदलीय व्यबस्थामा प्रतिपक्षको रचनात्मक भूमिकाको के महन्व ?
त्यसैले कुनैपनि मानिस असाधारण हुँदैन, सवै मान्छे हामीजस्तै हो सामान्य तर सहि समयमा सहि र तार्किक वहस गरी निर्णय लिँदा उनीहरु असाधारण बन्छन् भनि प्रतिपक्षले एक किसिमको कला प्रर्दशन गर्न सक्नुपर्दछ । अनि अर्को कुरा प्रतिपक्षले के पनि बुझ्नुपर्दछ भने नदीमा हाम फाल्दैमा कसैको मृत्यु भइहाल्दैन, मृत्यु त त्यतिखेर हुन्छ जतिखेर उ पौडिन सक्दैन । त्यसैले परिस्थिति आफ्नो अनुकुल भएन भनेर जनतालाई भोटबैंककोरुपमा प्रयोग गर्ने नियतिले साखमा गुनासो गर्नुको सट्टा आफुलाई मजवुत बनाउनतिर लाग्नू नै सवैभन्दा उत्तम उपाय हो किनकी संसारको नियम नै यस्तो छ कि जव हावा चल्छ तव त्यसले वल्ल तल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जंगलको आगोलाई झन दन्काइदिन्छ ।
रुखले हमेसा पात वदले झै प्रतिपक्षले पनि आप्mनो बाटो वदल्दा राम्रो हुन्छ न कि सिद्धान्त । आलोचना भनेको आगोजस्तो हुनुहुँदैन जसले कागजलाई नै खरानी वनाइदिन्छ बरु कैचिजस्तो होस् ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउँन सकियोस् ।
लेखक गिरी मध्य नेपाल नगरपालिका २, लमजुङ्ग, हाल काठमाण्डौ बाट समसामाहिक बिषयहरुमा कलम चलाउदै आउनुभएको छ । ९८५११९२०८८