असार ६, काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले स्पर्शबाट वस्तुको पहिचान गर्ने रोबोट बनाएका छन् । अमेरिकाको म्यासाचुसेट्सस्थित प्रविधि कम्पनीका अनुसन्धानकर्ताहरूले वस्तु पहिचान गर्न सक्ने रोबोट बनाएका हुन् । मानिसहरूको स्पर्श ज्ञान इन्द्रियको क्षमताबाट वस्तुहरूलाई छामेर पसहरूले वस्तुको पहिचान सुँघेर पनि गर्न सक्छन् । यो मानिसहरूको विशेष क्षमताको रूपमा बुझिने गरि क्षमतालाई विकास गरी वैज्ञानिकता लगान्छ । मानिसको योउन सक्छन् । मानिहरूले मेसिन बनाउन सक्रिय भइरहेका थिए ।
नयाँ प्रविधि कृत्रिम बौद्धिकता (एआई) ले गर्दा यो सम्भव हुन पुगेको हो । एमआइटीको कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ल्याबरटरीका अनुसन्धानकर्ताहरूले औपचारिकरूपमा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा एआईले स्पर्श र अवलोकन गरी वस्तुको पहिचान गर्न सक्ने मेसिनको विकास गरिएको जनाइएको छ ।
मानौं– रोबोटको बाहुलाले जुत्तामा स्पर्श गर्छ । उसले स्पर्श गर्दा जुत्ताको छवि र आकारलाई त्यसमा समावेश गरिएको डेटामा प्रशोधन गरिन्छ । प्रशोधन गरिँदा डेटामा उल्लेख गरिए अनुसार रोबोटले पहिचान गर्न सक्छ । यस्ता ३० लाखभन्दा बढी दृश्य र स्पर्श गर्न सकिने वस्तुका तस्विरहरू सहितका वस्तुहरूको डेटा राखिएको छ । ती डेटाको प्रयोग गरी मेसिनले तस्विर र वस्तुको पहिचान गर्न सक्छ । वातावरणमा रहेका वस्तुहरूलाई सुँघेर र छामेर पहिचान गर्न सकिने छ ।