असार ६, धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट अघि एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । आज मध्याह्न करिब १२ बजे उनी विपी प्रतिष्ठानअघिको मृत फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मृतको लाश विपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । मृतकको साथबाट विपी प्रतिष्ठानको ओपिडी कार्ड भेटिएको छ । कार्डमा उल्लेख भएअनुसार नाम भक्तबहादुर पौडेल बर्ष ४७ रहेको छ भने ठेगाना सिराहा जिल्लाको सिरहा १ उल्लेख भएको छ । उक्त कार्डमा भएको कागजमा उनको छोरा युकेश खत्री (केसी) भन्ने उल्लेख भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।